काठमाडौँ । न्याय परिषद्ले उच्च अदालतका ५० र जिल्ला अदालतका १५७ जना न्यायाधीशको सरुवा सिफारिस गरेको छ ।
बिहीबार बसेको परिषद्को बैठकले न्यायाधीशहरूको सरुवासँगै विशेष अदालत, श्रम अदालत र राजस्व न्यायाधीकरणहरूमा अध्यक्ष तथा कानून सदस्यहरू तोक्नका लागि समेत सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ ।
त्यसैगरी, जिल्ला अदालततर्फ देशभरका १५७ जना न्यायाधीशहरूको सरुवा गरिएको छ ।
सबै सरुवाको सूची हेर्नुहोस्: