काठमाडौँ । बिहीबार दिउँसो आएको वर्षाका कारण काठमाडौँका विभिन्न सडक डुबानमा परेको छ । वर्षाका कारण सबैभन्दा बढी व्यस्त रहने माइतीघर सडक डुबानमा परेको छ । माइतीघर क्षेत्रको पूरै सडक डुबान परेपछि सो क्षेत्रको यातायात अस्तव्यस्त बनेको छ ।
वर्षाका कारण काठमाडौँको माइतीघर, पुतलीसडक, धोबीखोला करिडोर लगायतका विभिन्न स्थानका सडक डुबानमा परेको हो ।
सडक डुबानमा परेपछि यातायात आवागमन र पैदलयात्रीलाई यात्रा गर्न समस्या भएको थियो । काठमाडौंका केही स्थानमा केहीबेरको वर्षाले पनि सडक डुबान हुने गरेको छ ।