काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले महिला उद्यमी महासंघका पदाधिकारीहरूसँग छलफल गरिरहेको प्रधानमन्त्रीका प्रमुख प्रेश सल्लाहकार दिपा दहालले जानकरी दिएकी छन् । प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा अहिले महिला उद्यमी महासंघका पदाधिकारीहरूसँग छलफल चलिरहेको जानकारी दिएकी छन् ।
उक्त छलफलमा प्रधानमन्त्री शाह र महासंघका प्रतिनिधिहरूबीच महिला उद्यमशीलता प्रवद्र्धन, नीतिगत सुधार तथा उद्योग क्षेत्रमा महिलाहरूको सहभागिता वृद्धिका विषयमा छलफल हुने कार्यक्रम रहेको जानकारी दिएकी छन् ।
छलफलमा महिला उद्यमी महासंघका तर्फबाट अध्यक्ष दर्शना श्रेष्ठ, तृतीय उपाध्यक्ष महालक्ष्मी श्रेष्ठ, महासचिव सविता सुवेदी, सचिव डिकिला शेर्पा लामा र कार्यकारिणी सदस्य अनुजा राजभण्डारी श्रेष्ठ सहभागी हुनुहुँदैछ।