काठमाडौँ । स्पेन र साविक विजेता अर्जेन्टिना फिफा विश्वकप २०२६ को उपाधिका लागि भिड्ने भएका छन्। आ–आफ्नो सेमिफाइनल खेल जित्दै दुवै टोलीले उपाधि भिडन्त पक्का गरेका हुन्।
पहिलो सेमिफाइनलमा फ्रान्सलाई २–० ले पाखा लगाउँदै स्पेन फाइनल पुगेको हो। स्पेनको जितमा मिकेल ओयारजाबालले पेनाल्टीमार्फत पहिलो गोल गरे भने पेड्रो पोरोले दोस्रो गोल थपे।
दोस्रो सेमिफाइनलमा इङ्ल्यान्डमाथि २–१ को रोमाञ्चक पुनरागमन जित दर्ता गर्दै अर्जेन्टिनाले स्पेनसँगको भेट पक्का गरेको हो।