काठमाडौँ । प्रतिनिधि सभा बैठकमा सरकारको चर्को आलोचना र विरोध भइरहेका बेला आकस्मिक रूपमा संसद् छिरेका प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने करिब २० मिनेट मात्रै बैठकमा बसेर बाहिरिएका छन्।
गएको जेठ १७ गते संसद्मा सम्बोधन गरेयता पहिलो पटक संसद् भवन पुगेका प्रधानमन्त्री बालेन लामो समय नबसी केहीबेरमै बाहिरिएका हुन्।
मंगलबार प्रतिनिधि सभाको बैठक जारी रहँदा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुस्बु ओलीले रोस्टममा उभिएर बोलिरहेकी थिईन् । । सोही समयमा प्रधानमन्त्री बालेन र रास्वपा सभापति रवि लामिछाने एकसाथ बैठक कक्षमा प्रवेश गरेका थिए ।
संसद्मा कुनै सदस्यले बोलिरहेको अवस्थामा उनको अगाडिबाट हिँड्न नहुने र संसदीय मर्यादा पालना गर्नुपर्ने कानुनी व्यवस्था छ। तर, सांसद ओली बोलिरहेकै बेला उनीहरू बैठक कक्षमा प्रवेश गरेपछि संसदीय मर्यादा र नियमावलीको ख्याल नगरिएको भन्दै संसद्भित्र नियमापत्ति भएको थियो ।
संसद्मा सरकारको आलोचना भएपछि प्रतिनिधि सभा बैठकमा पुगे प्रधानमन्त्री बालेन