काठमाडौँ । विश्वकप २०१६ को सेमिफाइनल प्रवेशका लागि फ्रान्स र मोरक्को भिड्ने भएका छन् ।
गएराति भएका दुई खेलमा मोरक्कोले क्यानडा र फ्रान्सले पाराग्वेलाई अन्तिम १६ बाट पाखा लगाउँदै क्वाटरफाइनलमा स्थान पक्का गरेका हुन् ।
सहआयोजक क्यानडालाई ३–० ले हराएको अफ्रिकी पावरहाउस मोरक्कोले अब सेमिफाइनल प्रवेशका लागि उपाधि दाबेदार फ्रान्सको सामना गर्ने भएको हो।
फ्रान्सले आफ्नो अन्तिम १६ को खेलमा पाराग्वेलाई १–० ले पराजित गरेसँगै मोरक्कोसँगको भेट पक्का गरेको हो । मोरोक्को र फ्रान्सको क्वाटरफाइनल भिडन्त बोस्टन स्डेडियममा ९ जुलाई अर्थात् बिहीबार हुँदैछ ।