काठमाडौँ । एथलेटिक्स परिवार, नेपालको आयोजनामा सम्पन्न चौथो नेशनल गोल्डेन एथलेटिक्स मिट–२०२६ का उत्कृष्ट खेलाडीहरूलाई नगद पुरस्कार प्रदान गरिएको छ।
दशरथ रङ्गशालामा असार ११ र १२ गते दुई दिनसम्म सञ्चालन भएको प्रतियोगिताका विभिन्न स्पर्धामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई आयोजकले पुरस्कार वितरण गरेको हो। प्रतियोगिताअन्तर्गत ‘१००० मिटर भेट्रान्स’ विधामा रामचन्द्र श्रेष्ठ प्रथम, केट ट्यारेन्ट द्वितीय तथा भिमबहादुर गुरुङ तृतीय स्थानमा रहे। यस्तै, ‘२ हजार मिटर भेट्रान्स’ स्पर्धामा धर्म महर्जनले पहिलो स्थान हासिल गर्दा रैवतबहादुर दाहाल दोस्रो र गोपाल थापा तेस्रो बने। आयोजकका अनुसार विभिन्न विधामा सफल खेलाडीहरूलाई निर्धारित नगद पुरस्कारसहित सम्मान गरिएको छ। प्रतियोगिताले भेट्रान्स तथा सक्रिय खेलाडीहरूलाई प्रतिस्पर्धात्मक वातावरण प्रदान गर्नुका साथै एथलेटिक्स खेलको प्रवर्द्धनमा समेत योगदान पुर्याएको आयोजकको विश्वास छ।