काठमाडौँ । कलाकार सीताराम कट्टेल (धुर्मुस)ले न्याय पाउने आशासहित मातृभूमि फर्किएको बताएका छन् ।
अमेरिकामा रहँदै आएका कट्टेलले सामाजिक सञ्जालमा लेखेका छन्, 'न्याय अवश्य मिल्ने छ भन्ने पूर्ण आशा र अटल विश्वास बोकेर आफ्नै मातृभूमिको आँगनमा फर्किएको छु।'
उनले न्यायको अनुभूति गर्दै आफ्नै माटोको काखमा सुख-दुःख साटेर जीवनका घाउहरू निको पार्ने अवसर अवश्य प्राप्त हुने आशा गरेका छन् ।