काठमाडौं । सरकारले कर्मचारीको तलब बढाएको छ । सुरु स्केलमा १० प्रतिशत तलब बढेको छ ।
"कर्मचारीले हाल प्राप्त गरिरहेको महंगी भत्तालाई निरन्तरता दिँदै सुरु स्केलमा १० प्रतिशत तलब वृद्धि गरेको छु । कार्यसम्पादनमा आधारित पारिश्रमिक प्रणालीको सुरुवात गर्न नयाँ तलबमानको १० प्रतिशत मासिक प्रोत्साहन भत्ताको व्यवस्था गरेको छु । यसबाट यसबाट हाल खाइपाइ आएको पारिश्रमिकमा करिब २१ प्रतिशत खुद वृद्धि भई ग्रेड सहित न्यूनतम पारिश्रमिक करिब रु. ४०,००० देखि रु. १ लाख माथि कायम हुनेछ , अर्थमन्त्री वाग्लेले भने । "