काठमाडौं । अष्ट्रेलियामा ‘बाग्लुंङ सांगीतिक साँझ २०२६’ सम्पन्न भएको छ ।
क्रियाशील सामाजिक संस्था बाग्लुंङ समाज अष्ट्रेलियाले शनिबार आयोजना गरेको एक दिने सांगीतिक साँझ सम्पन्न भएको छ ।
न्यु साउथ वेल्सको रकडेलस्थित इन्द्रेणी फङ्सन सेन्टरमा सम्पन्न सांगीतिक तथा दोहोरी साँझमा अत्यन्त लोकप्रिय गजल तथा भर्सटाइल गायक थानेश्वर गौतम, सर्वप्रिय लोक गायक तथा सर्जक बिष्णु खत्री,लोकप्रिय नेपाली कलाकार रेशम निर्दोष, लोकप्रिय गायिका निशा केसी,लोकप्रिय नेपाली कलाकार सुवास खत्री, लोकप्रिय दोहोरी गायक, भिमु गुरूङ,झलक सञ्जीतमले आ-आफ्नो प्रस्तुति दिएका थिए ।
उनिहरूको प्रस्तुतिमा दर्शकहरू झुमेका थिए ।आयोजकका अनुसार कार्यक्रम बेलुकी ५ः३० देखि राति १०ः३० सम्म सञ्चालन भएको थियो । कार्यक्रममा ठुलो संख्यामा दर्शकहरूको सहभागीता रहेको थियो ।