काठमाडौँ। गायिका एलिना चौहानले आफ्नो पारिश्रमिक भुक्तानीमा ढिलाइ भएको भन्दै सामाजिक सञ्जालमार्फत सार्वजनिक रूपमा असन्तुष्टि जनाएकी छन्।
उनले आयोजकलाई लक्षित गर्दै बाँकी पारिश्रमिक छिटो उपलब्ध गराउन अनुरोध गरेकी छन्। साथै, समस्या समाधान नभए थप कदम चाल्न बाध्य हुने चेतावनीसमेत उनले दिएकी छन्। सामाजिक सञ्जालमा सार्वजनिक गरिएको पोस्टमा चौहानले लेखेकी छन्, “कृपया थप ढिलाइ नगरी मेरो पारिश्रमिक उपलब्ध गराइदिनुहुन आयोजक ज्युलाई अनुरोध गर्दछु, अन्यथा म अर्को कदम चाल्न बाध्य हुनेछु। धन्यवाद।” चौहानको उक्त पोस्ट सार्वजनिक भएपछि सामाजिक सञ्जालमा यस विषयले चर्चा पाएको छ।