काठमाडौँ । गायक कृष्ण विक र गायिका दीपिका बयम्बु मगरको स्वर रहेको नयाँ गीत ‘ढल्की ढल्की’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ।
लोकलयमा आधारित आफ्ना गीतमार्फत दर्शकको मन जित्दै आएका गायक कृष्णले यसपटक रोमान्टिक र नृत्यप्रधान शैलीको गीत प्रस्तुत गरेका छन्। भिडियोमा अभिनेत्री जुना सुन्दास र कलाकार प्रदीप लामाको अभिनय रहेको छ। गीतमा दिनेशचन्द्र थपलियाको शब्द, सुरेश अधिकारीको संगीत रहेको छ। प्रेमी जोडीको रोमान्टिक कथालाई केन्द्रमा राखिएको भिडियोमा निर्देशक प्रदीप लामाले नै कोरियोग्राफी र अवधारणा तयार गरेका हुन्। भिडियोमा कलाकारहरूको नृत्य र प्रस्तुति आकर्षक देखिएको छ। कृष्ण थापाको छायांकन र सम्पादन रहेको यो भिडियो गायक कृष्ण विकको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। डेढ दशकभन्दा बढी समयदेखि संगीत क्षेत्रमा सक्रिय गायक कृष्ण विकका ‘आँखा मार्ने’, ‘रातो टीकी’, ‘यानि माया’, ‘रानी माया’, ‘राधा पियारी’ लगायत दर्जनौं गीत श्रोतामाझ लोकप्रिय छन्।