काठमाडौं । चलचित्र ‘काजी’ र ‘मितज्यू’ आजबाट प्रदर्शनमा आएका छन् । फ्राइडे रिलिजअन्तर्गत आजबाट ‘काजी’ र ‘मितज्यू’ प्रदर्शनमा आएका हुन् ।
‘काजी’ले पारिवारिक सम्बन्धमा आउने उतारचढावलाई प्रस्तुत गर्नेछ ।
यो चलचित्रमा विपीन र केकीसहित गरिमा शर्मा, प्रकाश घिमिरे, हेमन्त बुढाथोकी, विशाल पहारी, विनोद न्यौपानेलगायतको अभिनय छ ।
सिनेमालाई लक्ष्मण रिजालले निर्देशन गरेका छन् । प्रदीप भारद्धाजको लेखन रहेको चलचित्रमा चिन्तन राजभण्डारीको छायांकन छ । चलचित्र ‘मितज्यू’को मुख्य भूमिकामा सौगात मल्ल, दयाहाङ राई र तेरिया मगर छन् ।
चलचित्रमा अभिनेताद्वय सौगात, दयाहाङ र तेरियासँगै खड्गबहादुर पुन मगर, शिशिर वाङ्देल, पुस्कर गुरुङ, राज थापा, सुवर्ण थापा, अनु थापा, स्मिता लामिछानेलगायतको अभिनय रहेको छ ।
अनिल बुढा मगरले निर्देशन गरेको चलचित्रलाई जनक घर्ती मगरले निर्माण गरेका हुन् ।
चलचित्रलाखई लोकेश बज्राचार्यले सम्पादन गरेका छन् । शिशिर बिशंखेको सिनेमेटोग्राफी छ ।