काठमाडौं । बाग्लुंग समाज अष्ट्रेलियाको आयोजनामा भव्य सांगीतिक कार्यक्रम सिड्नीमा हुँदैछ ।
मे २३ मा हुने ऐतिहासिक दोहोरी साँझ बाग्लुग सांगीतिक साँझ २०२६ मा सात विख्यात नेपाली कलाकारहरूको प्रस्तुति रहनेछ ।
उक्त कार्यक्रममा अत्यन्त लोकप्रिय गजल तथा भर्सटाइल गायक थानेश्वर गौतम, सर्वप्रिय लोक गायक तथा सर्जक बिष्णु खत्री,लोकप्रिय नेपाली कलाकार रेशम निर्दोष, लोकप्रिय गायिका निशा केसी,लोकप्रिय नेपाली कलाकार सुवास खत्री, लोकप्रिय दोहोरी गायक, भिमु गुरूङ,झलक सञ्जीतमले आ-आफ्नो प्रस्तुति दिने आयोजकले जनाएको छ। कार्यक्रम न्यु साउथ वेल्सको रकडेलस्थित इन्द्रेणी फङ्सन सेन्टरमा हुनेछ ।
नेपाली लोकसंगीत, गजल, दोहोरी र जीवन्त सांगीतिक प्रस्तुतिले भरिपूर्ण यो कार्यक्रम अष्ट्रेलियामा बस्ने नेपाली समुदायका लागि आफ्नो संस्कृति, जरा र पहिचानसँग पुनः जोडिने एक अनुपम अवसर बन्नेछ।
सन् २००६ मा स्थापना भएदेखि नै बागलुङ समाज अष्ट्रेलियाले नेपाली संस्कृतिको संरक्षण र प्रवर्धनमा निरन्तर महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ।
कार्यक्रम बेलुकी ५ः३० देखि राति १०ः३० सम्म सञ्चालन हुनेछ भने सहभागीका लागि ६० डलर (वयस्क) र ३० डलर (बालबालिका) को टिकट दर निर्धारण गरिएको छ, जसमा रात्रिकालीन भोजनको समेत व्यवस्था गरिएको छ।
कार्यक्रमलाई इकोबिल्ड प्रोजेक्ट्स, बीएनबी होम लोन्स, इन्स्टा एजुकेशन एण्ड भिसा सर्भिसेज लगायतका विभिन्न व्यावसायिक संस्थाहरूले प्रायोजन गरेका छन्। उक्त कार्यक्रमको मिडिया पाटनरमा नेपाली पब्लिक डटकम पनि रहेको छ ।
