काठमाडौँ । नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापा बादलले बोलेका तीन वटा शब्दहरू संसद्को रेकर्डबाट हटाइएको छ ।
नेता थापाले मंगलबारको संसद बैठकमा सम्बोधन गर्ने क्रममा असंसदीय शब्द प्रयोग गरेको भन्दै रेकर्डबाट हटाउन सत्तापक्षका सांसदको माग अनुसार ती शब्दहरू हटाइएको सभामुख डोलप्रसाद अर्यालले बुधवारको बैठकमा जानकारी गराएका हुन् ।
सभामुख अर्यालले प्रतिनिधिसभा नियमावलीको नियम २१ को खण्ड ‘घ’ विपरीत थापाले बोलेका केही शब्द संसदीय रेकर्डबाट हटाउन संसद् सचिवालयलाई रुलिङ गरेका थिए ।
सभालाई अराजकहरूको भिड र राष्ट्रिय झन्डा ओढेर देश जलाउनेहरू, नेपाली सेना मूकदर्शक भन्ने शब्दहरू सभाको अभिलेखबाट हटाउन सचिवालयलाई निर्देशन गरेको थिए ।