काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ । सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिन प्रधानमन्त्री अनुपस्थित भएपछि प्रतिपक्षी दलहरूले विरोध जनाएका थिए । लगातारको विरोधपछि सभामुख डोलप्रसाद अर्यालले बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन् ।