संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको निर्देशनपछि देशभरका विमानस्थल चिटिक्क पारिन थालेका छन् । मन्त्रालयले देशभरका विमानस्थलहरूको सेवा गुणस्तर सुधार गर्न नागरिक उड्डयन प्राविधिकरणलाई निर्देशन जारी गरेको थियो।

मन्त्रालयले यात्रुबाट प्राप्त गुनासा तथा सुझावका आधारमा सेवा, सरसफाइ र मानवमैत्री पूर्वाधारमा तत्काल सुधार गर्न निर्देशन दिएको थियो । सोही अनुसार स्तनपान तथा शिशु हेरचाहका लागि सुरक्षित र गोपनीय कक्ष सञ्चालन,बिरामी, जेष्ठ नागरिक तथा विशेष आवश्यकताका यात्रुका लागि प्राथमिक हेरचाह कक्ष ,महिलाका लागि निःशुल्क सेनेटरी प्याडको व्यवस्था, नियमित सरसफाइ हुन थालेको हो ।





