काठमाडौं। विमानस्थलको सेवा सुधार्नमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अग्रसर देखिएको छ ।
मन्त्रालयका सचिव मुकुन्द प्रसाद निरौलाको हस्ताक्षरमा जारी गुणस्तर सुधार सम्बन्धि निर्देशनमा देशभरका विमानस्थलहरूको सेवा गुणस्तर सुधार गर्न नागरिक उड्डयन प्राविधिकरणलाई निर्देशन जारी गरेको हो।
मन्त्रालयले यात्रुबाट प्राप्त गुनासा तथा सुझावका आधारमा सेवा, सरसफाइ र मानवमैत्री पूर्वाधारमा तत्काल सुधार गर्न निर्देशन दिएको हो।
यस्तै स्तनपान तथा शिशु हेरचाहका लागि सुरक्षित र गोपनीय कक्ष सञ्चालन,बिरामी, जेष्ठ नागरिक तथा विशेष आवश्यकताका यात्रुका लागि प्राथमिक हेरचाह कक्ष ,महिलाका लागि निःशुल्क सेनेटरी प्याडको व्यवस्था, नियमित सरसफाइ र स्वच्छता मापदण्डको कडाइका साथ पालना गरि २४ घण्टाभित्र कार्यान्वयन गर्न निर्देशन दिँदै प्रगति विवरण इमेलमार्फत पठाउन भनेको हो।
निर्देशनको पालना नगरेमा प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनी दिइएको छ।
