काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीका बुवा मोहनप्रसाद ओलीको पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । दिवङ्गत ओलीको शुक्रबार अपराह्न दाहसंस्कार गरिएको हो ।

उनको शुक्रबार बिहान भक्तपुरस्थित नेपाल–कोरियामैत्री अस्पतालमा निधन भएको थियो । आर्यघाटमा दिवङ्गत ओलीलाई उनका छोरा समेत रहेका एमाले अध्यक्ष ओलीले दागबत्ती दिएका थिए ।




