अमेरिका र इजरायलले गरेको आक्रमणमा आफ्नो सर्वोच्च नेता अयातोल्लाह अली खामेनी मारिएपछि इरान यतिबेला शोकमा छ।

उनको निधनमा इरान सरकारले ४० दिनको शोक र ७ दिन सार्वजनिक बिदाको घोषणा गरेको छ। यसैबिच खामेनीको मृत्युपछि त्यहाँका नागरिक सडकमा भेला भएका र रोइरहेका तस्बिर सार्वजनिक भएका छन्। उनीहरूले सरकारलाई बदला लिन माग गर्दै नारा लगाइरहेका छन्।

