काठमाडौँ । दिपक साह पदमुक्त भएपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको कार्यभार प्रधानमन्त्री वालेन्द्र शाह (वालेन)ले नै सम्हाल्ने भएका छन् ।
प्रधानमन्त्री शाहको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मौजुदा मन्त्रिपरिषदको कार्य विभाजनमा सामान्य हेरफेर गरेका हुन् । अब प्रधानमन्त्री शाहले रक्षा, उद्योग, वाणिज्य तथा आपूर्ति र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको पनि जिम्मेवारी सम्हाल्ने छन् ।
यसअघि रास्वपा सभापति रवि लामिछानेको सिफारिसमा प्रधानमन्त्री शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपक शाहलाई बर्खास्त गरेका थिए ।

यो पनि पढ्नुस् :-
श्रममन्त्री साह १४ दिनमै बर्खास्त, को बन्ला नयाँ मन्त्री ?
श्रममन्त्री साह आउट, स्वास्थ्यमन्त्रीलाई सचेत गराउन प्रधानमन्त्रीलाई लामिछानेको सिफारिस
के रास्वपाले श्रममन्त्री साहलाई पदबाट हटाउन लागेको हो ?