काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले पार्टीको १५औँ महाधिवेशन काठमाडौंको खुलामञ्चमा आयोजना गर्ने तयारी गरेको छ।
समूहले आगामी मंसिर २१ देखि २३ गतेसम्म महाधिवेशन गर्ने गरी खुलामञ्च तय गरेको हो।देउवा पक्षले गठन गरेको केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव अमृत कार्कीले महाधिवेशनका लागि खुलामञ्च बुकिङ भइसकेको जानकारी दिएका छन्।महाधिवेशन व्यवस्थापनलाई ध्यानमा राख्दै खुलामञ्चसँगै राष्ट्रियसभा गृह र भृकुटीमण्डपसमेत बुक गरिएको कार्कीले बताएका छन्।