काठमाडौँ । रास्वपाका सभापती रबि लामिछानेले श्रममन्त्री दिपक कुमार साहलाई हटाउन र स्वास्थ्यमन्त्री निशा मेहेतालाई सचेत गराउन प्रधानमन्त्री वालेन शाहलाई सिफारिस गरेका छन् ।
रास्वपा केन्द्रीय अनुशासन आयोगको सिफारिसका आधारमा सभापति लामिछानले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपक साहलाई मन्त्रीबाट हटाउन प्रधानमन्त्रीलाई सिफारिस गरेका हुन्।
पछिल्लो समय विभिन्न विवादमा मुछिन थालेपछि मन्त्री साहलाई पार्टीको ‘राइट टु रिकल’ नीति अनुसार पदबाट हटाउने प्रक्रिया अघि बढाइएको हो ।
