काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस भएका चार जनाविरुद्ध संसदीय सुनुवाइ समितिमा आठ वटा उजुरी परेका छन्।
समितिले गत कात्तिक ९ गते प्रस्तावित न्यायाधीशहरूका सम्बन्धमा सार्वजनिक उजुरी आह्वान गरेको थियो। शुक्रबारसम्म आठ वटा उजुरी दर्ता भएको समितिले जनाएको छ।उजुरी दिने समयसीमा कात्तिक १९ गतेसम्म तोकिएकाले थप उजुरी पर्न सक्ने समितिको भनाइ छ।गत असोज २० गते बसेको न्याय परिषद्को बैठकले उच्च अदालतमा कार्यरत चार जना न्यायाधीशलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको थियो।उनीहरूको नियुक्ति प्रक्रिया अघि बढाउनुअघि संसदीय सुनुवाइ समितिले उजुरी सङ्कलन गरिरहेको हो। अब प्राप्त उजुरीमाथि अध्ययन तथा सुनुवाइ प्रक्रिया अघि बढ्नेछ।