काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन ले पेट्रोलियम पदार्थमा लगाइएको कर घटाएर मूल्यवृद्धि नियन्त्रण गर्न सरकारलाई सुझाव दिएका छन्।
आइतबार सामाजिक सञ्जालमार्फत उनले यो आफ्नो विरोध नभई सुझाव मात्र भएको उल्लेख गर्दै जनतालाई राहत दिन कर घटाउने विकल्पतर्फ ध्यान दिनुपर्ने बताएका छन्। उनले पेट्रोलियम पदार्थको मूल्यवृद्धिको बहानामा हवाई भाडादर लगायत विभिन्न क्षेत्रमा भइरहेको जथाभावी मूल्यवृद्धि नियन्त्रण गर्न पनि सरकारको ध्यान जानुपर्नेमा जोड दिएका छन्।