काठमाडौँ । समाजसेवी चन्द्रप्रसाद बख्रेल तिर्थ स्मृति प्रतिष्ठान नेपालबाट सम्मानित भएका छन । काठमाडौँको सामाखुशी स्थित लिंकन कलेजमा मंगलवार आयोजीत एक कार्यक्रकाबीच उनलाई सम्मान गरिएको हो ।
वरिष्ठ साहित्यकार एवं परराष्ट्रविद डा.जयराज आचार्यले उनलाई दोसल्ला ओढाई सम्मान पत्र प्रदान गरि सम्मान गरेका थिए । लम्जुङ्ग जिल्लाको साविकको सूर्यपाल पंचायतका बासिन्दा (हाल मध्यनेपाल नगरपालिका ) तिर्थराज न्यौपानेको स्मृतिमा स्थापित प्रतिष्ठानले समाजका बिभिन्न क्षेत्रमा योगदान दिएका ब्यक्तिहरुलाई सम्मान गर्दै आएको छ।
स्व.तिर्थराज न्यौपानेको सान्ध्यिता प्राप्त बरिष्ठ समाजसेवी बख्रेल उनकै स्मृतिमा सम्मानीत हुनु पाउदा निकै खुशी लागेको बताउँछन । मधेशको पर्सा जिल्लाको गादीमा स्थायी बसोवास गर्दै आएका सम्मानीत ब्यक्तित्व बख्रेल पनि सामाजिक अगुवा हुन् ।