काठमाडौँ। भक्तपुर र महोत्तरीमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने कपिलवस्तु र धनुषामा डुबेर थप दुई जनाले ज्यान गुमाएका छन्।
केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार, भक्तपुरको सूर्यविनायक नगरपालिका–८ घ्याम्पेडाँडामा स्कुटर दुर्घटना हुँदा काठमाडौं महानगरपालिका–३२ का ३१ वर्षीय किरण पाण्डेको मृत्यु भएको हो। त्यस्तै, महोत्तरीको गौशाला नगरपालिका–३ इँटाटारमा मोटरसाइकल दुर्घटना हुँदा औरही नगरपालिका–१ का २३ वर्षीय धर्मेन्द्र साहको ज्यान गएको छ। उता, कपिलवस्तुको बुद्धभूमि नगरपालिका–४ मा १४ वर्षीय तुसार खनालको गुदरुङ खोलामा डुबेर मृत्यु भएको छ। धनुषाको सहिदनगर नगरपालिका–६ हरबडामा १५ वर्षीय कार्तिक मण्डल आफ्नै घरअगाडिको पोखरीमा डुबेर मृत फेला परेका हुन्। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।