काठमाडौँ। शैल्यशिखर नगरपालिका–४ ओशिल क्षेत्रमा मंगलबार बिहान जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।
सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रवक्ता डीएसपी टेकबहादुर जोराका अनुसार, दुर्घटनामा परेको सुपप्र०१–००१ ज १६४१ नम्बरको जिपमा सवार ४५ वर्षीय भरत तितरा र ३५ वर्षीया मनीषा पालको गम्भीर अवस्थामै उद्धार गरिँदै गोकुलेश्वर अस्पताल लैजाने क्रममा मृत्यु भएको हो। घाइते हुनेमा २२ वर्षका जिप चालक प्रकाश ठगुन्ना, २५ वर्षीय विक्रम महर, ५० वर्षीय अकबर महरा र ४५ वर्षीय मिनबहादुर पाल रहेका छन्। उनीहरूको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको छ।प्रहरीका अनुसार जिप दुर्घटनाको कारण अहिलेसम्म स्पष्ट भएको छैन र थप अनुसन्धान भइरहेको छ।