काठामाडौँ । नवलपुरको गैंडाकोट नगरपालिका–९ स्थित हनुमान मन्दिर नजिक आज बिहान भीषण सवारी दुर्घटना भएको छ। पूर्व–पश्चिम राजमार्गमा नेपालगञ्जबाट काठमाडौँतर्फ आउँदै गरेको बसले सोही दिशामा गइरहेको हात्तीगाडी र ट्रकलाई ठक्कर दिँदा तीनै सवारी एकआपसमा ठोक्किएका हुन्।
बिहान करिब ६स्४५ बजे भएको उक्त दुर्घटनामा मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ। तर, तीनवटै सवारीका चालकसहित १० भन्दा बढी व्यक्ति घाइते भएका छन्। घाइते हुनेमा ट्रक चालक इन्द्र तामाङ, बस चालक मोहनसिंह बलामी मगर र हात्तीगाडी चालक दर्शन काप्री रहेका छन्। काप्रीको छातीमा चोट लागेको छ भने बस र ट्रक चालकको दुवै खुट्टामा चोट लागेको बताइएको छ। उनीहरूको अवस्था मध्यम रहेको प्रहरीले जानकारी दिएको छ। यस्तै, बसमा सवार अन्य ८–९ जना यात्रुहरू पनि सामान्य घाइते भएका छन्। सबै घाइतेलाई उपचारका लागि अस्पताल पठाइएको छ भने घटनाबारे थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।