काठमाडौँ । मकवानपुरको राक्सिराङ गाउँपालिका–५ निवासी ६१ वर्षीय कामीसिंह थिङ मृत अवस्थामा फेला परेका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार उनको शव मनहरी–७ स्थित कालिका सामुदायिक वन क्षेत्रको ठूलो खोल्सीमा शनिबार साँझ कुहिएको अवस्थामा भेटिएको हो।
प्रहरी नायब उपरीक्षक पुष्कर बोगटी का अनुसार थिङ विगत दुई सातादेखि बेपत्ता थिए। उनी लामो समयदेखि मानसिक समस्याबाट पीडित रहेको र गत फागुन २९ गते घरबाट हराएको भन्दै परिवारले प्रहरीमा खोजतलासका लागि निवेदन दिएको थियो। प्रहरीले खोजी गर्ने क्रममा शव फेला परेको जनाएको छ भने घटनाबारे थप अनुसन्धान जारी रहेको बताइएको छ।