काठमाडौँ । छायाँनाथ रारा नगरपालिकाले चैत्र १२ गते नगरपालिका क्षेत्रमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ। नगरपालिकाका अनुसार १८औँ नगर सभाबाट पारित निर्णयअनुसार चैते दशैं (चैत्राष्टमी व्रत) का अवसरमा सो दिन नगरपालिका, वडा कार्यालय र अन्य मातहतका निकायहरू बन्द रहनेछन्।
नगर प्रमुख विष्णु कुमार भामले हस्ताक्षरित सूचनामार्फत बिदाबारे जानकारी दिएका छन्। तर, शैक्षिक संस्थाहरू भने पूर्वनिर्धारित परीक्षा तालिकाअनुसार सञ्चालन हुने भएकाले विद्यालयहरू खुला रहनेछन्। नगरपालिकाले चैते दशैंको अवसरमा सम्पूर्ण नगरवासीलाई शुभकामना समेत व्यक्त गरेको छ।