काठमाडौँ। दाङको लमहीस्थित नेपाल विद्युत् प्राधिकरणको सब–स्टेसनमा हावाहुरीका कारण आगलागी भएको छ। दिउँसो करिब साढे १ बजे १३२ केभी क्षमताको सब–स्टेसनमा विद्युत् सर्ट हुँदा आगो लागेको प्रहरीले जनाएको छ। आगलागी सब–स्टेसनको कन्ट्रोल हाउस क्षेत्रमा सीमित रहेको र ठूलो क्षति हुन नपाएको वडा प्रहरी कार्यालय लमहीले जानकारी दिएको छ। समयमै दमकल पुगेर आगो नियन्त्रणमा लिइएकाले क्षति न्यून भएको बताइएको छ।