काठमाडौँ। झण्डै साढे एक महिनापछि कर्णाली प्रदेश सभा बैठक आज बस्ने भएको छ। माघ २५ गते विपक्षी नेकपाले अवरुद्ध गरेपछि स्थगित भएको बैठक आज पुनः सञ्चालन हुँदैछ। माघ २५ गते आइतबार बसेको कर्णाली प्रदेश सभाको सातौँ अधिवेशनको चौथो बैठकमा सभाले आगामी बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गर्ने निर्णय गरेको थियो। लगभग छ महिना पछि सुरु हुने प्रदेशसभाको सातौँ अधिवेशनका लागि बैठक माघ १८ गतेका लागि पुनः आव्हान गरिएको छ।