काठमाडौँ । दिल्लीस्थित एक घरमा बिहान ७ बजे आगलागी हुँदा तीन बालबालिकासहित एकै परिवारका सात जनाको मृत्यु भएको छ। आगलागीको खबर पाएपछि घटनास्थलमा ३० वटा दमकल पठाइएको थियो। घटनास्थल नजिक बस्ने एक व्यक्तिका अनुसार, भवनको भुइँतल्लामा कस्मेटिक्स पसल थियो भने माथिल्लो तलामा मानिसहरू बस्दै आएका थिए। हालसम्म आगलागीको समयमा घरमा कति जना मानिस थिए भन्ने पूर्ण विवरण प्राप्त भएको छैन। दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताले घटनाप्रति दुःख व्यक्त गरेकी छिन् भने आम आदमी पार्टीका सांसद सञ्जय सिंहले सरकारको सुरक्षा व्यवस्थाको आलोचना गरेका छन्।