काठमाडौँ । डोटीमा से. १ च १५१७ नं. बोलेरो जिप दुर्घटना हुँदा चार जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार, बोगटान फुड्सिल–३ बाट कैलालीतर्फ जाँदै गरेको जिप उकालोमा ब्याक भएर करिब ३ सय मिटर तल खसेको हो।
दुर्घटनामा परेर कैलालीका ४५ वर्षीय योगेस बिनाडी र डोटीका १७ वर्षीय नरेश साउद गम्भीर घाइते भएका छन्। दुवैको टाउको र ढाडमा चोट लागेको छ। त्यस्तै, चालक २८ वर्षीय सन्तोष सापकोटा र १५ वर्षीय जनक बुढा मध्यम अवस्थामा घाइते भएका छन्। प्रहरीले घाइतेहरूलाई तत्काल डोटी अस्पतालमा उपचारका लागि लगिएको जनाएको छ।