काठमाडौँ । भदौ २३–२४ गतेको जेनजी आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त भएको बबरमलस्थित सडक विभागको ऐतिहासिक भवन पुनःनिर्माणको मिति अहिलेसम्म निश्चित हुन सकेको छैन।
आन्दोलनका क्रममा संघीय संसद, सिंहदरवार, सर्वोच्च अदालत र अन्य ऐतिहासिक भवनमा पनि आगजनी भएको थियो। राणाकालीन र पुरातात्विक महत्व बोकेको सडक विभागको भवनको क्षतिको विवरण संकलन भए पनि पुनःनिर्माणको अनुमानित लागत हालसम्म तय भएको छैन। विभागका सहायक प्रवक्ता ई। शुभाञ्जन दाहालका अनुसार विभागको सामान्य काम अहिले चाकुपाटबाट सञ्चालन भइरहेको छ र आगामी ६ महिनाभित्र मीन भवनस्थित नयाँ कार्यालयमा स्थानान्तरण गर्ने योजना रहेको छ।