काठमाडौँ । सोमबार बिहान कविलासी नगरपालिका–८ स्थित सडकमा मोटरसाइकलको ठक्करले ६५ वर्षीय साइकल यात्री राम नरेश महतोको मृत्यु भएको छ। महतो गम्भीर घाइते भएका थिए र प्रादेशिक अस्पताल मलंगवामा उपचारको क्रममा निधन भएका हुन्। दुर्घटनामा मोटरसाइकलमा सवार दुई जना घाइते भएका छन् र उनीहरूको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। संबन्धित प्रहरी कार्यालयले घटनाको आवश्यक अनुसन्धान गरिरहेको छ।