काठमाडौँ । सोमबार बिहान धनुषामा भएको सडक दुर्घटनामा एक मोटरसाइकल चालकको मृत्यु भएको छ। सबैला नगरपालिका–९ स्थित सडकमा प्र.२–०२–००२ प २६७७ नम्बरको मोटरसाइकललाई म.प्र.०२–००१ ज ०१०४ नम्बरको गाडीले ठक्कर दिएको थियो। दुर्घटनामा परेका मोटरसाइकल चालक, सहिदनगर नगरपालिका–१ कुमकरन बस्ने ३० वर्षीय सरोज यादव, गम्भीर घाइते भई प्रादेशिक अस्पताल जनकपुरमा उपचारका क्रममा निधन भएका हुन्। प्रहरीले गाडी चालकलाई नियन्त्रणमा लिएको छ र घटनाको थप अनुसन्धान भइरहेको छ।न