काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिक सांसदको नाम टुंगो लगाएको छ । आइतबार बसेको सचिवालय बैठकबाट ५७ जनाको नाम चयन गरिएको पार्टीका प्रवक्ता मनिष झाले बताए ।
खसआर्य १७, जनजाति १६, दलित आठ, मुस्लिम तीन, मधेसी नौ र थारू क्लस्टरतर्फ चारजनाको नाम टुंगो लगाइएको उनले जानकारी दिए । यसमध्ये ४८ महिला रहेका उनले बताए ।
यो नामावली आजै निर्वाचन आयोगमा बुझाइने उनले जानकारी दिए । प्रवक्ता झाका अनुसार निर्वाचन आयोगले औपचारिक प्रक्रिया पूरा गरिसकेपछि मात्रै यी व्यक्तिहरूको नामावली बाहिर सार्वजनिक गरिनेछ।
यो पनि पढ्नुहोस्
रास्वपाबाट को-को बन्दै छन् समानुपातिक सांसद ?