काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिकतर्फ करिब ५८ जना सांसद निर्वाचित हुने निश्चित बनेको छ । अन्तिम चरणमा पुगेको मत गणना परिणामअनुसार आज बिहान सम्म ५१ लाख ३६ हजार ६७४ मत प्राप्त गरेको छ । कुल खसेको सदर मतको ४७ दशमलब ८५ प्रतिशत मत रास्वपाले पाएको देखिन्छ । यस अघि प्रत्यक्षतर्फ १२५ सिट जितेका कारण रास्वपाले कुल १८३ सिट प्राप्त गर्ने देखिएको छ।
निर्वाचन आयोगमा रास्वपाले पुष १३ गते आफ्नो बन्द समानुपातिक सूची बुझाइसकेको छ । सो सूची अनुसार खस आर्य पुरुष तर्फबाट रमेश प्रसाईं, सुदीप ढकाल र प्रमोद न्यौपाने, जनजाती पुरुष तर्फ डा.राम लामा, खुश्बु सरकार श्रेष्ठ,मिङ्मा ग्याबु शेर्पा निर्वाचित हुनेछन् ।
मधेशी पुरुष तर्फ सुप्रभात यादव, खगेन्द्र कर्ण दलित पुरुष तर्फ प्रकाश सपुत वा प्रकाशचन्द्र परियार निर्वाचित हुन सक्ने सम्भावना छ । थारू पुरुष तर्फ सुरेन्द्र चौधरी खस आर्य महिला तर्फ प्रतिभा रावल, रचना खतिवडा, लिमा अधिकारी, विदुषी राणा, समीक्षा बाँस्कोटा, श्रद्धा कुँवर क्षेत्री, टिका सङ्ग्रौला, क्रान्तिशिखा धिताल, आकृति अवस्थी, सृष्टि भट्टराई, मञ्जु भुषाल, प्रभा कार्की, शोभा खनाल, रत्ना कुमारी थापा, ज्ञानु पौडेल निर्वाचित हुनेछन् ।
यस्तै जनजाति महिलातर्फ बशुमाया तामाङ, गंगा छन्त्याल, सुन्निमा उदास, अनुष्का श्रेष्ठ, ओजश्वी शेरचन, सृजना श्रेष्ठ, रजनी श्रेष्ठ, कुसुम मर्हजन, भूमीका श्रेष्ठ, प्रमिला कुलुजु, सुजता तामाङ, कृपा मर्हजन, एलिजा गुरुङ र जीना विष्ट मधेशी महिला तर्फ पुनम कुमारी अग्रवाल, निशा मेहता, ललिता कुमारी, अंकिता ठाकुर, सरिता महतो, कामीनी कुमारी, सुनिता कुमारी चौधरी, पुनम साह, दलित महिला तर्फ रिमा विश्वकर्मा, अमृता विक, सिता वादी, स्मृति सेञ्चुरी, सुस्मा स्वर्णाकार, तारा विश्वकर्मा थारू महिला तर्फ गिता चौधरी, उर्मिला चौधरी, करिश्मा कठरिया र मुस्लिम महिला तर्फ समिना मियाँ र अफ्सना बानु निर्वाचित हुने सम्भावना बलियो छ । यदपी पिछडीएको क्षेत्र र अपाङ्गता भएको तर्फबाट चयन हुने सांसद सङ्ख्या जुनकुनै क्लस्टरबाट चयन हुन सक्ने सम्भावना भएकाले नतिजामा सामान्य फरक पर्नेछ ।