काडामाडौँ। बिरुवा गाउँपालिका–८ का वडाध्यक्ष नवीनकुमार आलेको बुधबार पोखरास्थित आस्था अस्पतालमा उपचारका क्रममा निधन भएको छ। गाउँपालिका अध्यक्ष सूर्यबहादुर कुँवरका अनुसार चार दिनअघि सामान्य बिरामी भएपछि अस्पताल लगिएका आलेको मिर्गौला फेल भएपछि मृत्यु भएको हो।
आले २०७९ सालको स्थानीय तह निर्वाचनमा बिरुवा–८ बाट वडाध्यक्षमा निर्वाचित भएका थिए। उनी नेकपा एमाले बिरुवा गाउँपालिका कमिटीका पूर्वउपसचिव पनि रहेका थिए। स्थानीय तहमा सक्रिय रूपमा काम गर्दै आएका आलेको निधनले गाउँपालिका र स्थानीय समुदायमा गहिरो शोक छाएको छ।