काठमाडौँ । काठमाडौँमा वायु प्रदूषणमा सुधार आउन सकेको छैन। मंगलबार निकै खराब भएको वायु गुणस्तर आज पनि अस्वस्थको नजिकै रहेको छ। स्विट्जरल्याण्डको क्ष्आईक्यूएयरले आज बिहान रियल टाइम मापन अनुसार काठमाडौँको वायु गुणस्तर इन्डेक्स १९६ रहेको जनाएको छ।
२०० पुगेको अवस्थामा (निकै अस्वस्थ) मानिन्छ भने १५० (नाघ्दा अस्वस्थ) मानिन्छ। नेपाल सरकारको वायु गुणस्तर सूचकांक अनुसार ०–५० राम्रो, ५१–१०० मध्यम, १०१–१५० संवेदनशील समूहका लागि अस्वस्थ, १५१–२०० अस्वस्थ, २०१–३०० निकै अस्वस्थ र ३०१ भन्दा माथि खतरनाक मानिन्छ। काठमाडौँ हाल संसारका अस्वस्थ सहरमध्ये चौथो स्थानमा रहेको छ। पहिलो, दोस्रो र तेस्रो स्थान क्रमशः भारतको दिल्ली, पाकिस्तानको लाहोर र बंगलादेशको ढाकामा रहेको छ। प्रदूषण बढेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबैलाई सचेत रहन आग्रह गरेको छ। बाहिर निस्किँदा मास्क लगाएर मात्रै निस्कन सुझाइएको छ।