काठमाडौँ। नेपालमा इन्लाइन स्केटिङ खेलको विकास र प्रवद्र्धनको लागि डाइनामिक कप इन्लाइन स्केटिङ प्रतियोगिता २०२६ आयोजना गरिने भएको छ। आयोजक टिमले शनिबार पत्रकार सम्मेलन गर्दै विद्यालयस्तरका प्रतिभावान खेलाडीलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा अवसर दिन प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी दिएको छ।
नेपाल स्केटिङ तथा स्केटबोर्डिङ संघको सहयोगमा भक्तपुरस्थित डाइनामिक स्केट क्लब र काठमाडौं वल्र्ड स्कूलले संयुक्त रूपमा प्रतियोगिता आयोजना गर्ने तयारी गरेका छन्। प्रतियोगिता आगामी १४ मार्च २०२६ ९चैत ३०० मा काठमाडौं वल्र्ड स्कूल, भक्तपुरको परिसरमा हुनेछ। प्रतियोगितामा देशभरका विभिन्न विद्यालयका खेलाडी सहभागी हुने अपेक्षा गरिएको छ। विभिन्न उमेर समूहका खेलाडीहरूबीच महिला र पुरुष दुवै विधामा प्रतिस्पर्धा हुनेछ। विजेतालाई मेडल, शिल्ड र प्रमाणपत्र प्रदान गरिने आयोजकले जानकारी दिएका छन्।