काठमाडौँ । इस्लामावादको एक शिया मस्जिदमा इस्लामिक स्टेट समूह (आईएस) ले दावी गरेको आत्मघाती बम विस्फोटमा मृत्यु हुनेको सङ्ख्या ३१ जना पुगेको छ भने १६९ जना घाइते भएका छन् ।
अधिकारीहरूले घटनाको पुष्टि गर्दै धेरै घाइतेहरूको गम्भिर अवस्थामा उपचार भइरहेकाले मृतकको सङ्ख्या अझै बढ्ने अनुमान गरेका छन् । देशभरका मस्जिदहरू उपासकहरूले भरिएर प्रार्थना गरिरहेको समयमा विस्फोट भएको एक सुरक्षा स्रोतलाई उदृत गर्दै एएफपीले जनाएको छ ।
जिहादी सञ्चारको निगरानी गर्ने साइट इन्टेलिजेन्स ग्रुपका अनुसार आइएसले आतंककारीले मण्डलीलाई लक्षित गरि गरेको विस्फोटमा ठूलो मानवीय क्षति भएको बताएको छ ।
प्रधानमन्त्री शाहबाज सरिफले विस्फोटमा संलग्नहरूको अनुसन्धान गरी न्याय दिलाउने प्रतिवद्धता व्यक्त गरेका छन् । यस अघि सन् २००८ सेप्टेम्बर पछि पाँच तारे म्यारिअट होटलको केही भाग ध्वस्त पारिएको आत्मघाती ट्रक बम विस्फोटमा ६० जनाको मृत्यु भएको थियो ।