काठमाडौँ । पाकिस्तानको राजधानी इस्लामावादस्थित एक शिया मस्जिदमा शुक्रबार भएको आत्मघाती बम विस्फोटमा परी कम्तीमा ३० जनाको मृत्यु हुनुका साथै १३० भन्दा बढी घाइते भएको प्रहरीले जनाएको छ ।
पाकिस्तानका एक वरिष्ठ प्रहरी अधिकारीले समाचार समिति एएफपीसँग उपासकहरूले खचाखच भरिएको मस्जिदमा शुक्रबारको प्रार्थनापछि विस्फोट भएको बताएका छन् ।
एफपीका पत्रकारहरूको अर्को टोलीले मस्जिद बाहिर सशस्त्र सुरक्षा बलले घेरा हालेको जनाएको छ
पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफले विस्फोटमा संलग्नहरू पत्ता लगाएर न्यायको कठघरामा ल्याइने बताएका छन् । पाकिस्तान सुन्नी बहुल राष्ट्र हो तर यहाँ शिया समुदायको जनसङ्ख्या १० देखि १५ प्रतिशत रहेको छ ।