काठमाडौँ । भारतको रोग नियन्त्रण केन्द्र (एनसिडिसी)ले गत डिसेम्बरयता पश्चिम बङ्गलादेशमा दुईजनामा मात्रै निपाह भाइरसको संक्रमण देखिएको जनाएको छ । संक्रमित दुबैजना स्वास्थ्यकर्मी रहेको एनसिडिसीले जनाएको छ । उनीहरूसँग सम्पर्कमा रहेका १ सय ९६ जनामा परीक्षण गर्दा नेगेटिभ नतिजा आएको पनि एनसिडिसीले जानकारी दिएको छ ।
निपाह भाइरस रोग (निभिडी) का केसहरू बारे सञ्चारमाध्यमका केही खण्डहरूमा अनुमान जनक र गलत आँकडाहरू प्रसारित भइरहेको देखिएको छ, एनसिडिसीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, राष्ट्रिय रोग नियन्त्रण केन्द्र (एनसीडीसी) बाट प्राप्त प्रतिवेदनअनुसार गत डिसेम्बर देखि हालसम्म पश्चिम बङ्गालबाट निपाह भाइरस रोगका केवल दुई पुष्टि भएका केसहरू मात्रै सूचित भएका छन् ।
शङ्का लागेका मानिसहरूलाई निगरानीमा राख्ने, पहिचानका लागि प्रयोगशालामा परीक्षण गर्ने काम गरिएको अधिकारीहरूले बताएका छन् । अवस्था निरन्तर निगरानीमा छ र सबै आवश्यक सार्वजनिक स्वास्थ्य उपायहरू लागू गरिएका छन्, एनसिडिसीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।