काठमाडौं । ‘शगुन ज्वेलर्स प्रिजेन्स मिसेस भोग नेपाल सिजन–३’ मा सहभागी प्रतिस्पर्धीहरूका लागि विशेष ‘स्किन केयर सेसन’ सम्पन्न भएको छ। कार्यक्रम महाराजगञ्जस्थित एलाइट्स स्किन क्लिनिकमा आयोजना गरिएको थियो।
प्रतियोगिताकी प्रतिष्पर्धी कविता ढकालका अनुसार उक्त सेसनमा छाला तथा कपालको स्वास्थ्यसम्बन्धी व्यवहारिक जानकारी प्राप्त भएको छ। सेसन एलाइट्स स्किन क्लिनिककी संस्थापक तथा छाला रोग विशेषज्ञ डा. प्रकृति ज्ञवालीले सञ्चालन गरेकी थिइन्। कार्यक्रममा डा। ज्ञवालीले छालाका विभिन्न प्रकारअनुसार अपनाउनुपर्ने हेरचाह विधि, प्रयोग गर्न मिल्ने सामग्री तथा दैनिक जीवनमा ध्यान दिनुपर्ने पक्षबारे जानकारी दिएकी थिइन्।
ढकालले सेसन अन्तरक्रियात्मक रूपमा सञ्चालन गरिएको बताइन्। उनका अनुसार सहभागीहरूले आफ्नो छाला तथा कपालसम्बन्धी जिज्ञासाहरू राख्ने अवसर पाएका थिए र तिनको समाधानबारे स्पष्ट जानकारी दिइएको थियो।
सेसनपछि एलाइट्स स्किन क्लिनिकमा सहभागीहरूको छाला परीक्षण (स्किन एनालाइजिङ टेस्ट) गरिएको थियो। परीक्षणका आधारमा प्रत्येक सहभागीलाई व्यक्तिगत रूपमा उपयुक्त हुने स्किन केयरसम्बन्धी परामर्श प्रदान गरिएको ढकालले जानकारी दिइन्।
ढकालका अनुसार उक्त सेसनले छाला र कपालको नियमित हेरचाहको महत्व बुझ्न सहयोग पुगेको छ। उनले आफूले दैनिक जीवनमा अपनाउन सकिने उपायहरूबारे समेत जानकारी पाएको बताइन्।
मिसेस भोग नेपाल सिजन–३ अन्तर्गत प्रतिस्पर्धीहरूका लागि यस्ता जानकारीमूलक कार्यक्रमहरू आयोजना भइरहेका छन्। कविता ढकालले यस्ता कार्यक्रमले प्रतियोगिताको तयारीसँगै स्वास्थ्यसम्बन्धी चेतना बढाउन सहयोग पुगेको उल्लेख गरिन्।
विभिन्न सामाजिक सेवाका कार्य गर्दै आएकी ढकाल मिसेस भोग नेपाल सिजन–३ की बलियो प्रतिस्पर्धीका रूपमा पनि हेरिएकी छन्। उनले प्रतियोगितामार्फत सामाजिक चेतना अभिवृद्धि गर्ने लक्ष्य राखेको बताउँदै यस्ता जानकारीमूलक कार्यक्रमहरूले आत्मविश्वास बढाउन सहयोग पुगेको उल्लेख गरिन्।