काठमाडौं । बक्सअफिसमा सफल चलचित्र ‘ऊनको स्वीटर’ युट्युबमा रिलिज भएको छ । निर्माण कम्पनी आर्टमान्डुले आफ्नै आधिकारिक युट्युब च्यानलमार्फत रिलिज गरेको हो ।
यो चलचित्रले नेपालमा करिब १२ करोड रुपैयाँ आम्दानी ग्रसकलेक्सन गरेको थियो । ‘ऊनको स्वीटर’ले नेपालमा ४० भन्दा बढी हलमा ५१ दिन मनाएको थियो । चलचित्रमा विपीन कार्की, मिरुना मगर, एलेक्स पारस, परीक्षा लिम्बू र सुनील पोखरेलको मुख्य अभिनय रहेको छ । चलचित्रलाई नवीन चौहानले निर्देशन गरेका छन् ।