काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्याण्डमा बल प्रयोग नगर्ने घोषणा गरेका छन्। बुधबार स्वीट्जरल्याण्डको डाभोसमा आयोजित विश्व आर्थिक मञ्च (वर्ल्ड इकोनोमिक फोरम) मा सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पले ग्रिनल्याण्डलाई अमेरिकी अधीनमा ल्याउन बल प्रयोग नगर्ने बताएका हुन्।
ट्रम्पले ग्रिनल्याण्डको सुरक्षाका लागि अमेरिका मात्रै सक्षम भएको पनि बताए। विश्वयुद्धमा जर्मनीका अघि ६ घन्टामै ढलेको डेनमार्कले आफू र ग्रिनल्याण्ड दुवैलाई सुरक्षित राख्न नसक्ने बताए।
ट्रम्पले भनेको तेस्रो कुरा युरोपेली देशहरूप्रति लक्षित थियो। उनले युरोपेली देशहरूप्रति गुनासो र कटाक्ष गरे। अमेरिका युरोपबाट शोषणमा परेको बताए। युरोपेली देशहरूले अमेरिकाकै कारण कमाइरहेको र बदलामा केही नदिएको बताए।