धनगढी । काँग्रेसका पूर्व सभापती शेर बहादुर देउवाको निर्वाचन क्षेत्र डडेल्धुरामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट सुदूरपश्चिम प्रदेश सभा सदस्य डा. तारा प्रसाद जोशी प्रतिनिधिसभा निर्वाचन लड्ने भएका छन्।
रास्वपाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि जोशीलाई डडेल्धुराको आधिकारिक उम्मेदवार बनाउने निर्णय गरेको हो। ‘भिजन डडेल्धुरा’ अभियानका अभियान्ता रहेका जोशी लामो समयदेखि सामाजिक र राजनीतिक क्षेत्रमा सक्रिय छन्।
उनी गत प्रदेश सभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा चुनाव जित्दै नेपाली काँग्रेसका बहालवाला मन्त्री गोविन्दराज बोहरालाई पराजित गर्न सफल भएका थिए।